काठमाण्डौ/  सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेलले नेतृत्व गरेको पार्टीको हुने गरी रिट जारी गरेको छ। न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आज  कट्टेलको पक्षमा फैसला सुनाएको हो।

योसँगै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले नेतृत्व गर्नुभएको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज भएको छ।

फैसलाका लागि यहाँ क्लिक गर्नुहोस् ।