सुनसरी/ सुनसरीको इटहरीमा लैङ्गिक हिंसा न्यूनिकरण अभियानलाई थप प्रभावकारी बनाउन सबै सामुदायीक बिद्यालयमा लैङ्गिक सम्पर्क ब्यक्तिको ब्यवस्था गरिएको छ। बिद्यालयका शिक्षिका, शिक्षक मध्ये एकजनालाई लैङ्गिक सम्पर्क ब्यक्ति तोकिएको हो।

इटहरीका सबै ३६ वटा बिद्यालयमा लैङ्गिक सम्पर्क ब्यक्ति रहेका छन्। उहाँहरुले बिद्यालय तथा आसपासको समुदायसँग जोडिएका लैङ्गिक हिंंसाका घटनालाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले बताउनुभयो। IMG 888

हिंसाबाट जोगिन के गर्नुपर्छ, हिंसा भईहाले के गर्ने ? भन्ने बिषयमा उहाँहरुले बिद्यालयमा सचेतनामूलक कक्षा सञ्चालन गर्नुहुनेछ । सामुदायीक बिद्यालयहरुमा तोकिएका लैङ्गिक सम्पर्क ब्यक्तिका लागि उपमहानगरले अभिमुखिकरण सम्पन्न गरेको छ।

अव प्रत्येक बिद्यालयका लैङ्गिक सम्पर्क ब्यक्ति र विद्यार्थीहरु बीचपनि अभिमुखिकरण कार्यक्रम गर्ने योजना रहेको उपप्रमुख गौतमले जानकारी दिनुभयो।