धरान/ नेपाल प्रेस संगठन जिल्ला समिति सुनसरी बिस्तार भएको छ। संगठनको धरानमा सोमबार दिउसो भएको जिल्ला भेलाले बिभिन्न जिम्मेवारी समेत बाँडफाँड गरेको छ। भेलाले पत्रकारहरुको स्तरबृद्धिकालागी तालिम समेत सञ्चालन गर्ने निर्णय गरेको छ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मुलप्रवाह सँग निकट रहेका पत्रकारहरुको भेलाले जिल्ला कमिटी सुनसरीमा इटहरीबाट रेवती निरौला, सीमा बस्नेत र मित्र क्षेत्रीलाई मनोनित गरेको छ भने धरानबाट बेदकुमार सुब्बा, सिर्जना नेपाल, नरेन कुलुङ, बिक्रान्त श्रेष्ठ, सनम तामाङ र विकि श्रेष्ठलाई मनोनित गरेको छ।

यसअघि नै शेखर ढकाललाई संयोजक चयन गरेको थियो भने सहसंयोजकमा धरानका दिनेश गजमेर र इटहरीकी पत्रकार शुभद्रा प्याकुरेललाई चयन गरेको थियो।

नगर कमिटि विस्तार
यसै गरी संगठनको जिल्ला भेलाले धरान, इटहरी र बराहक्षेत्र नगर कमिटिको समेत बिस्तार गरेको छ । भेलाले तत्काललाई नगर कमिटिमा इञ्चार्ज, सह–इञ्चार्ज, संयोजक र सह–संयोजक तोकेको छ।

धरान नगर कमिटिको संयोजकमा केदार बस्नेत, सह–संयोजकमा बसन्त वान्तावालाई जिम्मेवारी दिईएको छ। यस्तै धरान नगर कमिटिको इञ्चार्जमा दामोदर गुरागाई र सह–इन्चार्जमा रोशन दाहाललाई जिम्मेबारी तोकिएको जिल्ला संयोजक शेखर ढकालले जानकारी दिनुभयो।

यस्तै इटहरी नगर कमिटिको संयोजकमा त्रिलोचन पौडेल र सह–संयोजकमा रेवती निरौलालाई जिम्मेवारी तोकिएको छ। त्यस्तै इञ्चार्जमा शुभद्रा प्याकुरेललाई जिम्मेवारी तोकिएको छ।

यसैगरी बराहक्षेत्र नगर कमिटिको संयोजकमा बिमला घिमिरेलाई र सह–संयोजकमा प्रदीप चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ। त्यस्तै इञ्चार्जमा बिजय राई र सह–इञ्चार्जमा कृष्ण ‘बहाव’ भट्टराईलाई जिम्मेवारी तोकिएको छ।

धरान नगर कमिटि बिस्तार
प्रेस संगठन नेपाल धरान नगर कमिटिलाई आज बसेको नगरको बैठकले बिस्तार समेत गरेको छ।

कमिटिलाई १९ सदस्यीय बनाइएको छ। कमिटिको सदस्यहरुमा दिपक लिम्बू, मौसमी कार्की, कमान सिंह याम्फु, अनिता क्षेत्री, बुद्धशिला मगर, निलेश बिष्ट, अनिस बस्नेत, कमल बिष्ट, लक्ष्मी कार्की, प्रविण राई, स्नेहा श्रेष्ठ, उत्तम श्रेष्ठ र सन्देश तिमल्सिना छन्।