केराबारी/ मोरङ्गको केराबारी गाउँपालिका वडा नम्बर ८ का स्थानीयले आईतबार दिउसो दिनभर गाउँपालिका कार्यालय घेराउ गरेका छन्। बिहान १० बजेदेखि नै स्थानीयले गाउँपालिका कार्यालय घेराउ गरेका हुन्।

वडा नम्बर ८ मा सञ्चालित दुईवटा क्रसर उद्योगले अनधिकृत रुपमा उत्खनन् गरेको स्थानबाट स्थानीय खदम खोला पसेर केराबारी ८ स्थित आमजुँगीको सिंगो बस्ती नै जोखिममा परेको भन्दै सो रोकथाम गर्न गाउँपालिकाले पहल नगरेको भन्दै स्थानीयले गाउँपालिका घेराउ गरेका हुन्।

प्रदर्शनका क्रममा स्थानीयले गाउँपालिका कार्यालयमा ढुंगा प्रहा गरेका छन्। ढुंगा प्रहारबाट कार्यालयको झ्यालको शिशा फुटेको छ। कार्यालय सुरक्षाको लागि लक्ष्मिमार्ग स्थित शशस्त्र प्रहरी बलबाट र बेलबारीबाट नेपाली प्रहरी तैनाथ गरिएको थियो।

उद्योगले गरेको अनधिकृत उत्खनन्को बिषयबारे पटक पटक जानकारी गराएको एवं ६ वटा लिखित निवेदन दिँदा पनि गाउँपालिकाले कुनै चासो नराखेपछि बाध्य भएर कार्यालय घेराउ गर्नुपरेको स्थानीयको भनाई छ। IMG_9484

गाउँपालिका घेराउ गर्नुअघि खदम खोला किनारमा भेला भएका केराबारी ८स्थित आमजुँगीबासीले महादेव मिनिरल कम्पनी र शिवम क्रसर उद्योगले उद्योगले डम्पिङ प्रयोजनका लागि ओगटेको ठाउँमा अनधिकृत रुपमा उत्खनन् गरेका कारण खोलाले धार परिवर्तन गर्ने सम्भावना बढेको भन्दै चिन्ता ब्यक्त गरेका थिए।

बिहानको १० बजेदेखि कार्यालयमा भेला भएका आमजुँगीबासीले स्थानीयलाई न्याय दे, क्रसर माफिया मुर्दाबाद जस्ता नारा लगाएका थिए। यस्तै उनिहरुले गाउँपालिका अध्यक्ष रोहित कार्की र वडा नम्बर ८का अध्यक्ष मनोज खड्काको पुत्ला समेत दहन गरेका थिए। IMG_9485

बेलुका ४ बजेसम्म नाराजुलुस गर्दै प्रदर्शन गरेपछि गाउँपालिका अध्यक्ष रोहित कार्कीले बार्ताको आव्हान गर्नुभएको थियो। अध्यक्ष कार्कीले वार्ताको आह्वान गरेपछि झण्डै डेढ घण्टा बार्ता चलेको थियो। बार्ताबाट समस्याको समाधानको लागि टुङ्गो नलागेपछि पुनः सोमबार बिहान ८बजे बार्ता गर्ने गरि टुंगिएको छ।