केराबारी/ मोरङको केराबारी ५ सतिसालेस्थित पिपल चोकमा गिट्टी लिन खोलातिर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ। शनिबार बिहान तीव्र गतिमा रहेको को २ त ५५०० नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरका सह–चालकको ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले दुर्घटनामा परेर गम्भीर घाइते भएका इटहरी उपमहानगरपालिका–३ का १८बर्षीय गजेन्द्र राईको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्‍याएपछि ज्यान गएको बताउनुभयो।

बिहान साढे ८ बजेतिर भएको दुर्घटनामा इटहरी–३ का २२बर्षीय राजु थापा पनि घाइते भएका छन्। अवस्था गम्भिर भएका थापाको पनि धरानमा नै उपचार भइरहेको छ। थापा ट्याक्टरमा सामग्री लोड–अलोडको काम गर्ने काम गर्दथे।

ट्याक्टर र चालक इटहरी–३ का २७ बर्षीय राम दर्जीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीको भनाई छ।