सुनसरी/ सुनसरीको इटहरी उपमहानगरपालिकाको आठौ नगरसभा शुरु भएको छ। नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख द्वारिकलाल चौधरीले कोभिड १९का कारण पुरक बजेट ल्याउन बाध्य हुनुपरेको बताउनुभयो।

उहाँले सातौ नगरसभाले स्वीकृत गरेको बजेट नीति तथा कार्यक्रमलाई कार्यावन्यन गर्ने क्रममा कोभिड १९ का कारण राजश्वमा परेको प्रभावले स्वीकृत योजना तथा कार्यक्रममा प्रभाव परेको बताउनुभयो।

सभामा उपप्रमुख लक्ष्मी गौतमले १ अर्व ९५ करोड ४० लाखको संसोधित पूरक आय ब्यय अनुमान प्रस्तुत गर्नुभयो। यसैगरी सभामा उपमेयर गौतमले बिनियोजन ऐन विधेयक, आर्थिक ऐन संसोधन विधेयक, बिपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन गर्र्ने सम्वन्धमा ब्यवस्था गर्न बनेको विधेयक, इटहरी स्वास्थ्य ऐनका सम्बन्धमा बनेको विधेयक, इटहरी भू–उपयोग तथा जग्गा ब्यवस्थापन गर्न बनेको बिधेयक र टोल बिकास संस्था सञ्चालन तथा ब्यवस्थापन गर्न बनेको बिधेयक २०७७ पेश गर्नुभयो।

चालु नगरसभामा अर्को बैठक फागुन २५ गते बस्नेछ।