इटहरी/ सामाजिक सञ्जाल टिकटकको म्यासेन्जरबाट चिनजान गरी फोनबाट इटहरी बोलाएर बलात्कार गर्ने यूवकलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ। प्रहरीले कास्कीको कास्किकोट गाउँपालिका वडा नम्बर ४ का ३५बर्षीय राजिव गुरुङलाई पक्राउ गरेको हो।

गुरुङले सामाजिक सञ्जाल टिकटकको दुरुपयोग गर्दै टिकटकको म्यासेन्जरबाट धनकुटाकी एकजना यूवतिसँग चिनजान गरी फोनबाट बिवाह गर्ने प्रलोभन देखाई इटहरी ९स्थित आरआर होटलमा राखेका थिए।

गुरुङले गएको माघ २५गते इटहरी बोलाएर २७ गतेसम्म होटलमा बसेर बिभिन्न प्रलोभन देखाई जवरजस्ती करणी(बलात्कार) गरेका थिए। त्यसपछि गुरुङले २७ गते बिहान ति यूवतीलाई होटलको कोठाको बाथरुममा नुहाउन पठाएर यूवतिले लगाएका गरगहना चोरेर फरार भएका थिए।

गुरुङ्गले यूवतिले लगाएको ४ आनाको सुनको झुम्का, १० आनाको सुनको ब्रास्लेट, ६ आनाको सुनको सिक्री, २७ हजार ५ सय रुपैँया नगद, सांग्रिला बैंकको एउटा एटिएम, एउटा हवाई होनर मोबाईल चोरेर फरार भएका थिए।

पिडित यूवतिले इलाका प्रहरी कार्यालय इटहरीमा जवरजस्ती करणी मुद्धामा जाहेरी दरखास्त दिएकी थिईन। यूवतिको जाहेरीको आधारमा गुरुङको खोजी गर्ने क्रममा पुन : झापाकी एकजना महिलालाई यस्तै प्रकार ( माथी समाचारमा उल्लेख भए अनुसार) ले ठगी गर्ने नियतले झापाजाँदै गरेको भन्ने सुचनाको आधारमा पक्राउ गरेको इटहरी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन केसीले बताउनुभयो।

प्रहरीले गुरुङलाई इटहरी १३बाट फोटोको आधारमा पहिचान गरी पक्राउ गरेको र उनको खानतलासी गर्दा साथबाट पिडित यूवतिको सांग्रिला बैंकको एटिएम कार्ड बरामद गरेको जनाएको छ।

पक्राउ परेका गुरुङलाई जवरजस्ती करणी मुद्धामा शुक्रबार सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको शुक्रबार इटहरी प्रहरीले गरेको पत्रकार सम्मेलनमा प्रनाउ केसीले बताउनुभयो।