स्याङ्जा/ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले भरूवा बन्दुकसहित ६९बर्षीय बृद्दलाई नियन्त्रणमा लिएको छ। स्याङ्जा प्रहरीले स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्ब। २ राङदाङका ६९बर्षीय डिल बहादुर गुरूङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले गुरुङलाई शुक्रबार बिहान साढे ६ बजेतिर उनकै घरबाट पक्राउ गरेको हो। गुरुङको घरमा अवैध भरुवा बन्दुक रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले गुरुङलाई एउटा भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकृत प्रहरी निरिक्षक शिव थापाले जानकारी दिनुभयो।

पक्राउ परेका गुरुङलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको स्याङ्जा प्रहरीले जनाएको छ।