काठमाण्डौ/ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको बैठक बोलाउनुभएको छ। विहान ११ बजे बालुवाटारमा काठमाडौंमा उपलब्ध नेताहरुलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बोलाउनुभएको हो। 

पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले आफूपक्षीय स्थायी समितिको बैठक बोलाउनुभएको हो ।

यस्तै नेकपाको दाहाल–नेपाल पक्षले पनि संसदीय दलको बैठक बोलाएको छ। बुधबार दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बोलाइएको बुझिएको छ।

बैठकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई उपस्थित हुन आब्हान गरिएको छ। नेकपाका दुवै पक्षका गरी १ सय ७४ सांसद छन्।