तस्विर श्रोत :सामाजिक सञ्जाल

उर्लाबारी/ मोरङ्गको उर्लाबारीका प्रविन बास्तोलाको मृत्युसम्बन्धी बिषय सामाजिक सञ्जालमा भाईरल भएपछि घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले छानबिन समिति गठन गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार प्रहरी नायव उपक्षिक मानबहादुर राईको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।

मोरङ प्रहरीले सार्वजनिक गरेको जानकारी पत्रमा आईतबार नै छानविन समिति गठन गरेर अनुसन्धान भईरहेको जानकारी गराईएको छ। पत्रमा मृतक प्रविन बास्तोलाको मृत्यू सम्बन्धी घटनाको अनुसन्धानमा घटनाको तथ्यहरुमा तात्विक फरक पर्ने गरी प्रमाण संकलन गरेको र कसुरदारलाई उन्मुक्ति दिने गरी गैह्रव्यवसाहिक अनुसन्धान कार्य गरेको पाईएमा सम्बन्धित अनुसन्धानमा खटिएका प्रहरीहरुलाई कानुन बमोजिम कारवाही गरिने समेत जानकारी गराईएको छ।

गत पौष ५गते मोरङको उर्लावारी नगरपालिका वडा नं. ५ का ३१ बर्षीय प्रविन बास्तोलाको मृत्यु भएको थियो। सो घटनाको इलाका प्रहरी कार्यालय उर्लावारीबाट अनुसन्धान भईरहेको सम्बन्धमा हिजो मृतकको परिवारबाट अनुसन्धानको सम्बन्धमा उठाएका गुनासाहरु सामाजिक सञ्जालमा सम्प्रेषण भएको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय मोरङको गम्भिर ध्यानाकर्षण भएको पनि जानकारी पत्रमा लेखिएको छ।

मृतकका बुवा प्रेमप्रसाद बास्तोलाबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा मोरङको उर्लाबारी नगरपालिका ६का ३१बर्षीय राजेश रणपहेलीसमेत प्रतिवादी कायम गरी पुष २२ गते जाहेरी प्राप्त भएको र प्रतिवादीहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेकोमा तत्काल शव परिक्षण प्रतिवेदन तथा FORENSIC प्रतिवेदन उपलब्ध नभएका कारण प्रतिवादीहरुलाई कानुन बमोजिम २५दिन थुनामा राखेर अनुसन्धान गर्ने अवधी पुरा भएको अनि जिल्ला सरकारी वकिल कार्यालय मोरङको निर्देशनमा माघ २ गते जिम्मा जमानिमा उपस्थित हुने गरी प्रतिवादीहरुलाई छोडिएको जानकारी पत्रमा उल्लेख छ। police morang