इटहरी/ खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर के खम्बुले जनताले मत दिएर जिताएका नेता नै साँढे जुदाईमा लागेका कारण नेपाली जनताले दुःख पाएको बताउनुभएको छ। शनिबार सुनसरीको इटहरीमा भएको यूवा मोर्चा भेला एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष खम्बुले त्यसो भन्नुभएको हो।

सम्बिधान सभा सदस्य समेत रहेका अध्यक्ष खम्बुले नेपाली जनताका लागी बिकासको लहर ल्याउने प्रतिवद्धताका साथ नेतागण कुर्सीमा बसेको भएपनि पद र कुर्सी पाएपछि जनतालाई भुलेको आरोप लगाउनुभएको छ।

IMG_9413
कार्यक्रम सञ्चालन गर्दै महासचिव राजुदेव राई

अध्यक्ष खम्बुले खम्बुवान मोर्चाले बर्तमान परिस्थितिमा जातजाति भन्दा माथि उठेर देश र जनताताका लागि खम्बुवानले २०५९ सालबाट निरन्तर काम गर्दै आएको बताउनुभयो।

IMG_9417
कार्यक्रममा सहभागी अतिथी एवं बिशेष अतिथीहरु

उहाँले इतिहाँसमा नेपाल एकिकरणको समयमा सबै जात जाति धर्म संस्कृति समान भएको भन्दै बर्तमान अवस्थामा आजको राज्य र सत्तामा बस्नेले आपसी युद्वमा लागेर देशलाई डुवाउँदै लगेको आरोप लगाउनुभयो।

IMG_9419
कार्यक्रममा सहभागीहरु

कार्यक्रममा उपाध्यक्ष जय खिम्दुङ, हाङ्छा खम्बु, उपाध्यक्ष, दिलराम खम्बु रणेन्द्र थिम्राहाङ, महासचिव, राजुदेव राई, सचिव, राजन वान्तावा, कोषाध्यक्ष, कुबेर बुताङ खम्बुलगायतको उपस्थिति थियो।

IMG_9418
कार्यक्रममा सहभागीहरु

हेर्नुहोस भिडियो :