इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी जवान बिनोद ओझा सुनसरी जिल्लाको उत्कृष्ट प्रहरी बनेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले ओझालाई माघ महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) घोषणा गरेको हो।

इलाका प्रहरी कार्यालय बेल्टारमा दरबन्दी भई इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी जवान ओझालाई सुनसरीको माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। Binod

इलाका प्रहरी कार्यालय इटहरीको सी.डी.आर.शाखामा रहेर काम गरिरहेका ओझालाई बिभागीय मुल्य–मान्यता र आदेशको पालना गरी व्यावसायीक, लगनशील र कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गरेकोले माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

ओझाले लागूऔषध, चोरी तस्करी तथा अपराधमा संलग्नलाई पक्राउ गरी अपराध नियन्त्रणमा सहयोग गर्नुका साथै उनको यो कामले आम जनमानसमा प्रहरी प्रति बिश्वास जगाउन विशेष भूमिका खेलेको सुनसरी प्रहरीको भनाइ छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका ५बाँसबारी घर भएका प्रहरी जवान ओझा २०६९ साल चैत २५ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन। ओझा यसअघि २०७६ साल पौष महिनामा पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले पुलिस अफ द मन्थ घोषणा गरेको थियो।