इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले एक कार्यक्रमका बीच ३० वटा मोवाईल सम्बन्धित धनिलाई हस्तान्तरण गरेको छ। इटहरी प्रहरीको सी.डी.आर.शाखाले फेला पारेको मोवाईल शुक्रबार सम्बन्धित धनिलाई बुझाएको हो।

२०७६ सालमा इटहरीस्थित प्रहरी कार्यालयमा सी.डी.आर.शाखा स्थापना गरिएको र हालसम्म प्रहरीले ३ सय ६४ वटा हराएका एवं चोरी भएका मोबाइलहरु फेला पारिसकेको छ।

IMG_9385
पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको मोवाईल र अन्य सामानहरु, तस्विर : पूर्वीखबर

प्रहरी नायव उपरीक्षक अर्जुन केसी भदौमा आएपछि मात्र पनि प्रहरीले ६४ वटा मोवाईल सम्बन्धित धनिलाई फिर्ता दिईसकेको छ। गत असोजमा ३६जनाको र शुक्रबार ३० जनाको मोबाइल फिर्ता गरेको प्रहरीको भनाई छ।

मोबाइल फेला पारेपनि मोबाइल फिर्ता लानेको संख्या भने न्यून रहेको प्रहरीको भनाई छ। गत असोजमा इलाका प्रहरी कार्यालय इटहरीले ३६ जनाको मोबाइल फेला पारेकोमा सात/आठ जनाले मात्र मोबाइल फिर्ता लगेका थिए। शुक्रबार पनि ३० जनाको मोबाइल फेला परेकोमा ८जनाले मात्रै फिर्ता लगेका छन्।

मोबाइल फिर्ता लिन अधिकांश नआउने भन्दै प्रहररी नायव उपरीक्षक अर्जुन केसीले समयमै इटहरी प्रहरीलाई सम्पर्क गर्न मोबाइलधनीहरुलाई अनुरोध गर्नुभएको छ।