केराबारी/ मोरङ्गको केराबारी गाउँपालिका वडा नम्बर ६ तामाङ टोलमा स्थापित तांसा छ्योईलिङ गुम्बाको उद्घाटन गरिएको छ। तामाङ समुदायको महान पर्व ल्होछारको अवसर पारेर गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले उद्घाटन गर्नुभएको हो।

माघ ३० गते शुक्रबार ल्होछारको अवसर पारेर एक कार्यक्रमका बीच गुम्बाको उद्घाटन गरिएको हो। गुम्बाको माघ २७ र २८ गते ह्राप्ने(प्राण प्रतिष्ठा) गरिएको तांसा छ्योईलिङ गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष मनकुमार तामाङले पूर्वी खबरलाई बताउनुभयो।

कार्यक्रममा स्थानीय तामाङ अगुवाहरुका साथै केराबारी ६का वडाध्यक्ष उपेन्द्र लुंगेली मगर, केराबारी ७ की महिला जनप्रतिनिधी बिमला तामाङ, स्थानीय संघसँस्थाका अध्यक्ष एवं प्रतिनिधी, सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष एवं प्रतिनिधीहरुको सहभागिता थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कार्कीले थप ५० हजार नगद सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो। यस्तै वडा नम्बर ६का अध्यक्ष उपेन्द्र लुंगेलीले २५ जार एवं महिला जनप्रतिनिधी तामाङ्गले नगद १० हजार सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको एवं बैदेशिक रोजगारमा रहेका केराबारी ६ निवासी प्रेम रानाले बैँकमार्फत नगद ५ हजार एकसय १ रुपैँया सहयोग गर्नुभएको अध्यक्ष तामाङ्गले बताउनुभयो।

कार्यक्रमका तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस।