इटहरी/ काठमाण्डौ वल्र्ड स्कुलले इटहरीमा र बिराटनगरमा एक/एक दिने कार्यशाला सम्पन्न गरेको छ। पछिल्लो समय शिक्षा क्षेत्रमा देखा परेका समस्या र तिनलाई समाधान कसरी गर्ने भन्ने सन्दर्भमा स्कुलले कार्यशाला गरेको हो।

गएको बुधबार इटहरीस्थित होटल प्रिमियरमा र बिहिवार बिराटनगरस्थित बिग होटलमा कार्यशालाको गरेको हो। शिक्षा क्षेत्रमा ‘राम्रो भविष्यका लागि शिक्षा’ नारा लगाएर अगाडी बढेको स्कुलले कार्यशालामा बिद्यार्थीका अभिभावकलाई छोराछोरीको राम्रो भविश्यका लागि काठमाडौ वल्र्ड स्कुलले ग्यारेन्टी गर्ने उल्लेख गरेको छ। schhool

काठमाण्डौको सूर्यविनायकमा रहेको स्कुलमा पछिल्लो समय देशैभरीका अभिभावक छोराछोरीलाई रोजाईको शिक्षा पाउन भन्नका लागि आउने गरेको स्कुलका प्रिन्सिपल केशरबहादुर खुलालले जानकारी दिनुभयो। त्यसै अनुरुप प्रदेश १ मा पनि बिद्यार्थीका लागि कार्यशाला गरिएको खुलालको भनाई छ।

आधुनिक सिकाईको माध्यमबाट बिद्यालय हाताभित्रै स्वीमिङ पूल, बगैँचा, खेल मैदान लगायतका सुविधा सम्पन्न आधुनिक भौतिक संरचनामा कक्षा सञ्चालन गर्ने स्कुलले बताएको छ। कार्यशालामा सहभागि अभिभावकले स्कुलका बिषयमा जिज्ञासा राखेका थिए।

सहभागी बक्ताहरुले शिक्षामा परिर्वतनका लागि काठमाडौं वल्र्ड स्कुल सक्षम रहेको बताएका छन्।