काठमाण्डौ/ गृहमन्त्री रामबहादुर थापा पक्षीय अखिल नेपाल खेलकुद महासंघले पुर्णता पाएको छ। कालीबहादुर घर्ती मगरको संयोजकत्वमा यसअघि नै पुनर्गठन गरिएको महासंघको एकसय ५१ सदस्यीय केन्द्रीय कार्यसमितिले पुर्णता पाएको हो।

संयोजक घर्तीमगर पूर्वमाओदी निकट अखिल नेपाल खेलकुद महासंघका महासचिव हुन्। नेकपाको राजनैतिक बिभाजनमा गृहमन्त्री थापाले दाहाल पक्षलाई छाडेसँगै खेलकुद महासंघ पनि पुनर्गठन भएको हो। गृहमन्त्री थापाले गत २८ पुषमा ललितपुरमा भएको बृहत राष्ट्रीय भेलामार्फत घर्तीमगरको संयोजकत्वमा आफ्नो पक्षको खेलकुद महासंघ पुनर्गठन गरिएको घोषणा गर्नुभएको थियो।

त्यस बेला संयोजकसहित ९९ केन्द्रीय सदस्यहरुको घोषणा गरिएको थियो। बुधबार भएको महासंघको केन्द्रीय समितिको दोस्रो बैठकले थप ५२ जना केन्द्रीय सदस्य थप गर्दै कार्यसमितिलाई पुर्णता दिएको हो। यस्तै, बैठकले केही समितिको गठनसँगै जिम्मेवारी पनि तोकेको छ।

बैठकले ९ सदस्यीय कार्यालय टिम र ४५ सदस्यीय सचिवालय पनि गठन गरेको छ। कार्यलय टिममा संयोजक घर्तिमगरसहित ध्वजमान मोक्तान, घनश्याम भट्ट, गणेश कक्षपती, प्रनिर अधिकारी, राजीव महर्जन, विशाल लामा, वसन्त लामा र सुस्मिता गुरुङ छन्।

यस्तै, बैठकले प्रदेश संयोजक र इन्चार्ज पनि तोकेको छ। प्रदेश एकमा चुडामणी खरेल इन्चार्ज र कमल अघिकारीलाई संयोजक तोकिएका छन्। प्रदेश दुईमा ध्वजमान इन्चार्ज र सन्दीपकुमार सिंह संयोजक, बागमती प्रदेशमा गणेश कक्षपती इन्चार्ज र वसन्त लामा संयोजक, गण्डकी प्रदेशमा तारामाया थापा इन्चार्ज र दिनेश रोका मगरले संयोजकको जिम्मेवारी पाएका छन्।

सुदूरपश्चिम र कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी घनश्याम भट्टलाई दिईएको छ। सुदूरपश्चिमको संयोजकमा जगतसिंह धामी र कर्णालीको संयोजकमा धनन्जय कठायत छन्। लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी प्रनिर अधिकारी र संयोजकको जिम्मेवारी सुवास परियारले पाएका छन्।