बिराटनगर/ मोरङको बिराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा ६ सय २९ जनालाई कोरोनाबिरुद्धको खोप लगाइएको छ। ३ सय पुरुष र ३२९ महिलालाई कोरोनाबिरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ। IMG_5574

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई पहिलो चरणमा कोरोनाबिरुद्धको खोप लगाइएको नोबेल अस्पतालका मेट्रोन कल्पना पोख्रेलले जानकारी दिनुभयो। उहाँले खोप लगाएका कसैलाई पनि जटिल स्वास्थ्य समस्या देखिएको छैन। IMG_5568

केहीलाई सामान्य ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिएको भएपनि जटिल समस्या भने नदेखिएको अस्पतालले जनाएको छ। देशव्यापी अभियान अनरुप नोबेलमा पनि माघ १५ गतेदेखि १० दिनसम्म कोरोनाविरुद्धको खोप लगाइएको हो। IMG_5571