बिराटनगर/ मोरङको बिराटनगरस्थित नोबेल मेडिकल कलेजले बिएस्सी नर्सिङ्ग चौथो बर्षमा शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ। चिकित्सा शिक्षामा अब्बल मानिदै आएको नोबेलले यसबर्ष बिएसी नर्सिङ्ग चौथो बर्षमा शत प्रतिशत नतिजा ल्याएको हो।

नोबेलमा बिएस्सी नर्सिङ्ग चौथो बर्षमा २०जना बिद्यार्थी अध्ययनरत थिए। उनीहरु सबैजना उत्तिर्ण भएको नोबेल मेडिकल कलेजका शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौलाले जानकारी दिनुभयो। गत महिना प्रकाशित नतिजामा पनि नोबेलले बिडिएस प्रथम र दोश्रो बर्षमा शत प्रतिशत नतिजा ल्याएको थियो। Student-Photo

नोबेलमा डिएम एमसीएच, एम्डी, एमएस, एमबीवीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय बिद्यार्थी अध्ययनरत छन्।