इटहरी/ सुनसरीको इटहरीमा कृयाशिल बिभिन्न संघसंस्थाहरुले जनचेतनामूलक होर्डिङ बोर्ड राखेका छन्। बिभिन्न संघसंस्थाहरुले सुनसरीको तरहरा देखि नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरसम्म जनचेतनामूलक होर्डिङ बोर्ड राखेका हुन्।

मोक्ष पुर्नजिवन केन्द्र इटहरी, हेल्पिङ हेण्डस क्लब, हेल्पिङ युथ र निलगिरी गोरखा होटेल, इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रयासमा इटहरीको तरहरादेखि पुव पृतना हेड क्वाटरसम्म ६वटा होडिङ वोर्ड राखिएको हो।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन केसीले निर्माणाधीन ६ लेन सडक परियोजनाको काम र तीव्र गतिमा सवारीसाधन चलाउँदा इटहरीमा दुर्घटना बढेको बताउनुभयो। उहाँले मोटरसाइकल र साना सवारीसाधन इटहरीमा बढी दुर्घटना हुने गरेको जनाउनुभयो। प्रनाउ केसीले इटहरीमा सडक फराकिलो हुँदै गर्दा दुर्घटना पनि बढ्दै गएको जानकारी दिनुभयो। khaldo

इटहरीको तरहरा, पिपल चोक आसपासमा ६ लेन सडक परियोजनाको काम लगभग सकिएको छ। हलगडा चौक, पुर्वी पृतना हेडक्वार्टर अगाडी र बिराटनगर लाईनमा ६ लेन सडक परियोजनाको काम भईरहेको छ। हेल्पीङ हेण्डस् क्लब इटहरीका अध्यक्ष राजेश राईले इटहरीमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि होर्डिङ बोर्ड राखिएको जानकारी दिनुभयो। यसले सवारी चालकलाई सचेत गराउने र दुर्घटनामा कमी आउने उहाँको भनाई छ।

पछिल्लो समय इटहरीमा सवारी दुर्घटना हुने र मृत्यु हुनेको संख्या बृद्धि हुन थालेको छ। आइतबार इटहरीको हलगडामा सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको थियो। त्यस्तै इटहरीमा नै तीव्र गतिमा मोटरसाइकल कुदाउँदा बुबा छोराको मृत्यु भएको थियो। यस्तै दर्जन भन्दा बढी दुर्घटनामा परेर ५जना भन्दा बढीको ज्यान गएको छ भने धेरै अंगंभंग भएका छन्।