मोरङ/ मोरङको बिराटनगर ५ स्थित न्यूरो अस्पताल नजिकैको एक घरबाट नेपालमा प्रतिबन्धित १० लाख रुपैँया भन्दा बढिको औषधीहरु प्रहरीले बरामद गरेको छ। बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आईतबार बेलुका साढे ६ बजे औषधी बरामद गरेको हो।

प्रहरीले स्थानीय रामप्रसाद साहको घरमा डेरा गरी बस्ने बिकाश मण्डल र उनका भाई बिक्रम मण्डलको कोठामा खानतलासी गरेको थियो। खानतलासीको क्रममा उनिहरुको कोठाबाट Inj amidon , Inj paracetamol, Inj desrim लगायतका ७९वटा ब्राण्डका नेपालमा प्रतिबन्धित १० लाख ३ हजार १ सय ८० रुपैया बराबरको औषधीहरु फेला पारेर बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। IMG_8326

प्रहरीले उनिहरुको कोठाबाट औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने HP कम्पनीको कलर प्रिन्टर समेत फेला पारी बरामद गरेको छ। कोठामा रहेका बिक्रम मण्डललाई नियन्त्रणमा लिएको छ। बरामद औषधी र पक्राउ परेका बिक्रम मण्डललाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था बिभाग बिराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। IMG-8327