केराबारी/ मोरङ्गको केराबारी गाउँपालिका वडा नम्बर ६ तामाङ टोलमा स्थापित तांसा छ्योईलिङ गुम्बाको उद्घाटन गरिने भएको छ। तामाङ समुदायको महान पर्व ल्होछारको अवसर पारेर यहि माघ ३० गते शुक्रबार गुम्बाको उद्घाटन गरिने भएको हो।

तांसा छ्योईलिङ गुम्बाको उद्घाटनका लागि केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की र उपाध्यक्ष शान्ति लिम्बु(भुजेल)लाई आमन्त्रण गरिएको तांसा छ्योईलिङ गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष मनकुमार तामाङले पूर्वी खबरलाई बताउनुभयो। IMG 111

यस्तै गुम्बाको यहि २७ र २८ गते ह्राप्ने(प्राण प्रतिष्ठा) गरिने अध्यक्ष तामाङ्गले बताउनुभयो। उहाँले ह्राप्ने कार्यक्रम एवं गुम्बा उद्घाटन कार्यक्रममा सहभागिताको लागि अनुरोध समेत गर्नुभएको छ।

गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष मनकुमार तामाङले तांसा छ्योईलिङ गुम्बाको श्री बृद्दि एवं अन्य ब्यवस्थापनका लागि सहयोग गर्न अपिल समेत गर्नुभएको छ। IMG 109

उहाँले सहयोगका लागि अध्यक्ष मनकुमार तामाङको मोवाईल नम्बर 9804000216 (९८०४०००२१६) मा फोन गरेर एवं तांसा छ्योईलिङ गुम्बा ब्यवस्थापन समितिको एनआईसी एशिया बैँकको केराबारी शाखाको खाता नम्बर C 841051646052401 मा यथासक्य सहयोग गरिदिन आग्रहसमेत गर्नुभएको छ।