इटहरी/ मानिसले ठगिको लागि के के गर्छन पढ्दै अनि सुन्दै आईरहनुभएको होला। कोहि नरिवलको दानाभित्र लागुऔषध हालेर बिदेश निर्यात गर्न खोज्छन त कोहि पित्तललाई सुन भनेर ठग्छन् यस्तै कोहि सुचना तथा प्रसारण बिभागले जारी गरेको पत्रकार परिचय पत्र बोकेर ठगिधन्दा गर्दै हिड्छन्।

त्यसो त अहिले पूर्वी नेपालको केन्द्रबिन्दु रहेको इटहरीमा एउटै जग्गा बिसौँ जनालाई बेच्ने पनि सकृय छन्(बेच्ने भन्दै लाखौँ बैना लिनेहरु छन्।) अझ भनौ इटहरीमा ठगहरुको बिगबिगि नै छ।

हालै मात्र इटहरीबाट सैन्य पोशाकसहित एकजना ब्यक्ति पक्राउ परे। उनको साथबाट उनका एकजना सहयोगि पनि पक्राउ परेका छन्। उनले सैन्य पोशाकको आडमा(उपसेनानी हुँ भन्दै) देशभरबाट लाखौँ रुपैँया असुलेको प्रहरीले जनाएको छ। उनले भोजपुर, गोरखा, कालिकोट, काभ्रे, सुनसरीलगायतका ठाउँबाट ११ लाख रुपैँया ठगि गरेको भेटिएको छ।

आँफुलाई नेपाली सेनाको उपसेनानी हुँ भन्दै शिव कुमार कार्कीले बिभिन्न ब्यक्तिहरुसँगबाट १० हजार देखि ५ लाख ६० हजार रुपैँयासम्म ठगि गरेको प्रहरीले जनाएको छ।

यसो भन्छ इलाका प्रहरी कार्यालय इटहरी
१५/१६ दिनदेखी इटहरी बजारमा नेपाली सेनाको उपसेनानी (लेफ्टिनेन्ट) हुँ भनि सर्वसाधारणलाई रेड मर्करीको ब्यापार गर्दा फाईदा हुन्छ यसको व्यापारका लागी आएको, सबै मिलेर गरौ भनेर बिभिन्न ब्यक्तीहरुबाट रकम असुल गरी ठगी गर्दै हिडेको भन्ने बिशेष सुचना इटहरी प्रहरीलाई आएको थियो।

प्रहरीले पाएको सुराक अनुसार निगरानी बढाउदै जाँदा माघ २१ गते इटहरी ६को सामुदायीक अस्पताल अगाडीबाट उपसेनानीको दर्जानी चिन्हसहितको पोशाक (कम्ब्याक्ट) लगाएको अवस्थामा पक्राउ गेको छ।

प्रहरीले नियन्त्रणमा लिएर कार्कीलाई सोधपुछ एवं अनुसन्धान गर्दा(नेपाली सेनाको पोशाक लगाई नक्कली उपसेनानी बनी हिडेको, रेड मर्करीको कारोवार गर्ने भनि बिभिन्न ब्यक्तीहरुबाट रकम समेत लिएको स्वीकार गरेको जनााएको छ।

प्रहरीले कार्कीको साथवाट ३३ हजार ४ सय ५० रुपैँया, बिभिन्न बैकका एटिम कार्डहरु, आईएमइ गरेका रसिदहरु, चारवटा बिभिन्न कम्पनिका मोवाईल सेटहरु पनि बरामद गरेको छ।

कार्कीले रेड मर्करीको व्यापार र यसको फाईदाको प्रलोभनमा ठगिएका बिभिन्न ठाउँका १० जना व्यक्तिले किटानी जाहेरी समेत परेको छ। कार्की पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नम्बर ५ बस्ने २८ बर्षीय शिवकुमार कार्की रहेको र सेनाको पोशाकमा भने शिवजंग कार्की नेम प्लेट लगाएको भेटिएको छ।

यस्तै कार्कीको सहयोगी भुमिकामा रहेका सिन्धुली जिल्ला दुधौली नगरपालिका वठा नम्बर ८ बस्ने ३८ बर्षका बसन्तकुमार खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ परेका दुवैजनालाई ठगी मुद्दामा सुनसरी जिल्ला अदालतवाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।