इटहरी/ सुनसरीको इटहरीस्थित पूर्व लाईनमा ब्रोदर्स रेष्टुरेन्ट एण्ड गेष्ट हाउसको शुभारम्भ गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच ब्रोदर्स रेष्टुरेन्ट एण्ड गेष्ट हाउसको सुभारम्भ गरिएको हो। IMG_8977

इन्डियन, अरबिक एवं कन्टिनेन्टल खानाका पारखीहरुका लागि लक्षित गरेर ब्रोदर्स रेष्टुरेन्ट एण्ड गेष्ट हाउसको शुभारम्भ गरिएको सञ्चालक भिम राईले बताउनुभयो। IMG_8979

अर्का सञ्चालक दिनानाथ गौतमले शुभारम्भको अवसरमा माघ महिना भर बिशेष छुटको ब्यवस्था रहेको जनाउँदै ब्रोदर्स रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा एसी एवं नन् एसीसहितका १० वटा कोठा रहेको बताउनुभयो। IMG_8980

ब्रोदर्स रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा बिभिन्न देशको अनुभव संगालीसकेका कुक भोजराज थापाले इन्डियन, अरबिक एवं कन्टिनेन्टल खानाहरुको स्वाद पस्कने जनाईएको छ।

जुटबिकास चोक र मिलन चोकको बीचमा पर्ने एकता टोलमा ब्रोदर्स रेष्टुरेन्ट एण्ड गेष्ट हाउस रहेको छ।