उर्लाबारी/ इलाका प्रहरी कार्यालय उर्लाबारीले बुधबार १८५ राउण्ड गोली बरामद गरेको छ। माघ २१ गते(हिजो) मध्यान्न उर्लाबारी १ लक्ष्मीझारबाट प्रहरीले गोली बरामद गरेको हो।

स्थानीय दल बहादुर लिम्वुको घरमा रहेको कुखुराको खोर नजिकैको बारीबाट ७.६२ एमएमको गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बारी खन्ने क्रममा स्थानीय ५३ बर्षीय भक्त बहादुर सुवेदीले कालो प्लाष्टिक भित्र पोका पारी माटो मुनि लुकाएर गाढेको अवस्थामा हातहतियारमा प्रयोग गोली फेला पारेको मोरङ्ग प्रहरी प्रबक्ता मानबहादुर राईले बताउनुभयो।

सो गोली इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले बरामद गरेर थप अनुसन्धान गरिरहेको छ।