सुनसरी/ बिहीबार गरिने भनिएको आम हड्ताल फिर्ता लिइएको छ। नेकपा दाहाल-नेपाल समूहले घोषणा गरिएको आम हड्ताल फिर्ता लिइएको हो ।

२३ गते केपी ओली पक्षले गर्न लागेको जनसभालाई विथोल्ने गरी हड्ताल घोषणा गरिएको थियो। दिउँसो पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको आम हड्ताल साँझ फिर्ता लिइएको दाहाल-नेपाल समूहका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए।

उनले आम नागरिकका तर्फबाट हड्तालको व्यापक विरोध भएपछि फिर्ता लिएको बताएका छन्। सामाजिक सञ्जालहरुमा हड्तालको विरोध भइरहेको छ। सर्वसाधरणले बन्द गरे प्रतिकार गर्ने बताइरहेका थिए। व्यवसायीहरुले कोरोनाबाट थलिएको व्यवसायीक क्षेत्रमा ठुलो नोक्सान हुने भन्दै हड्ताल नगर्न माग गरेका छन्।