काठमाडौं/ १६ जना डिएसपी एसपी बढुवामा सिफारिस भएका छन् । बढुवा समितिको बैठकले सोमबार बढुवा सिफारिस गरेको हो।

भुवनेश्वर तिवारी पहिलो र ऋषिराम कँडेल दोस्रो नम्बरमा सिफारिस भएका छन्। त्यस्तै, सुरेश काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम विष्ट, सुवासचन्द्र बोहरा पनि बढुवामा परेका छन्। वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्र बहादुर शाही र राजेन्द्रबाबु रेग्मी बढुवा सिफारिसमा परेका छन्।