केराबारी/ राष्ट्रिय युवा संघ नेपाल केराबारी(मुलप्रवाह)को शनिबार भएको भेलाले टंकबहादुर लिम्बुको अध्यक्षतामा ८२ सदस्यीय समिति गठन गरेको छ। शनिबार केराबारीमा भएको भेलाले समिति गठन गरेको हो। IMG 810

नवगठित समितिको उपाध्यक्षमा उपाध्यक्षमा भक्त कार्की, सचिवमा निर्मला चेम्जोङ्ग, सहसचिवमा भिम महत र कोषाध्यक्षमा प्रविन मगर चयन भएका छन्।

शंकर मगर, सन्दिप गुरुङ, सागर तामाङ, हर्क शाही, साईमन बस्नेत, सन्जोग भण्डारी, प्रज्वल बस्नेत, दिपेन मगर, सुमित मगर, भाइराजा सुब्बा, अनिश मगर, रोशन मगर, तिलक कार्की, पूर्ण तामाङ, भिम तामाङ, शम्भु श्रेष्ठलगायत रहेका छन्।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य बिनोद ढकाल, खड्ग बस्नेत, ऋषिकेश पोख्रेल, साबिक यूवा संघका पूर्व उपाध्यक्ष पर्शुराम बस्नेत, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य रबिन थापा, रोहित कोईराला, मुकेश बुढाथोकीलगायतको उपस्थिती थियो।