प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बैबाहिक सम्वन्धमा गाँसिएका छन्। आइतबार मुख्यमन्त्री राई र ज्याङ्मु शेर्पाबीच विवाह भएको छ।

भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह भएको हो। ‘मिस मंगोल नेपाल’को ताज पहिरिएकी ज्याङ्मु र मुख्यमन्त्री राईबीच काठमाडौंको एक पार्टी प्यालेसमा उनीहरुको विवाह भएको हो।

वैवाहिक समारोहमा दुवै जना किराँती भेषभुषामा सजिएका थिए।