बिराटनगर/ प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध हस्ताक्षर गर्ने ५ जना प्रदेश सभा सदस्यले हस्ताक्षर फिर्ता गरेका छन्। फिर्ता गर्नेमा झापाका ३ र उदयपुर र मोरङ्का १/१ जना छन्। 

गत पुस १२ गते राईविरुद्ध नेकपाका ३७ सांसदले हस्ताक्षर गरेका थिए। नेकपाका ६७ सांसद छन्। हस्ताक्षर गरेका मध्ये उदयपुर ख बाट प्रत्यक्ष निर्वाचत सांसद कला घलेले अलग प्रयोजनका लागि लिइएको हस्ताक्षरको गलत प्रयोग भएको भन्दै राईलाइ साथ दिने बताएकी थिइन्। 

त्यसपछि मोरङकी बसन्तीदेवी यादवले राईलाइ साथ दिने बताउँदै पछिल्ला दिनमा ओली समूहका कार्यक्रमना सहभागी हुन थालेकी छिन्। त्यस्तै हस्ताक्षर फिर्ता लिनेमा सामाजिक विकास राज्यमन्त्री समेत रहेकी झापाकी जसमाया गजमेरसहित गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली रहेका छन्। 

बुढाथोकी र मैनाली झापाकै प्रतिनिधित्व गर्छन्। तीन जनाले संयुक्त हस्ताक्षर गरेर अविश्वासको प्रश्ताव आवश्यक नठानेर हस्ताक्षर फिर्ता गरेको जिकिर गरेका छन्।

-आयो मेलबाट