झापा/ झापाको दमकमा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ। तीनजना गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तरगत दमक– ४ ताराबारीमा एम्लेबुन्स, अटो, मोटरसाइकल र स्कुटर ठोक्किएका हुन्।

दुर्घटनामा अटो चालक मोरङ उर्लावारी –४का ५०बर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवार ४२बर्षीय सन्तोष श्रेष्ठको गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले बताउनुभयो।

दुर्घटनामा अटोमा सवार सुनसरीको इनरुवा –७ का २४बर्षीय सौजन मगर, दमक–४ का २०बर्षीय राजन सिलवाल र मोटरसाइकल चालक दमक–२ का २८ बर्षीय रमेश पोखरेल घाइते भएका छन्। घाइतेको न्यूरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ।

पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२४६ नम्वरको एम्वुलेन्स र पश्चिमबाट पूर्व आउँदै गरेको प्रदेश १–०१–००३ ह ६२४ नम्वरको अटो ठोक्किएको र एम्वुलेन्स भन्दा पछाडि रहेको को ११ प ९५२५ नम्वरको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को २५ प १९३३ नम्वरको स्कूटर दुर्घटना भएको हो।