झापा/ जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरहरुलाई पक्राउ गेर सार्वजनिक गरेको छ। झापा प्रहरीले ७ जना मोटरसाईकल चोरलाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो।

केही समयदेखि बिर्तामोड र अर्जुनधारा एवं कन्काई नगरपालिकाको बिभिन्न एरियाहरुबाट मोटरसाईकल तथा स्कुटरहरु हराईरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चोरी भएका मोटरसाईकलसहित चोरीमा संग्लग्न ७ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

प्रहरीले इलामको माई नगरपालिका २ का २२ बर्षीय क्षितिज भनिने रोशन तामाङ, २० बर्षीय रोशन बुढाथोकी, माई नगरपालिका–६ का २० बर्षीय रोशन गिरी, ३० बर्षीय राजेश गिरी, २० बर्षीय मनिष गिरी, पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ घर भई बिर्तामोड बस्ने २१ बर्षीय रोशन भन्ने पासाङ तामाङ र ताप्लेजुङको सिदिङवा गाउँपालिका-४ का २२ बर्षीय सन्दिप लिम्बुलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

मोटरसाईकल तथा स्कुटरहरु चोरी गर्ने मानिसहरुको पहिचान गर्न Operation Hunt नाम दिई सुक्ष्म रुपमा अनुसन्धान थालेको प्रहरी टोलीले चोरी भएको चारवटा मोटरसाईकलसहित ७ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो।

यस्तै अन्य ११वटा मोटरसाईकल बिभिन्न ठाउँबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।