सुनसरी/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको इटहरी शाखाले शनिबार एक कार्यक्रमका बीच उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। आर्थिक बर्ष ०७६/७७ मा इटहरी शाखाबाट व्यक्तिगत तथा सञ्जालबाट उत्कृष्ट बीमा व्यवसाय गर्ने तीन/तीन जना अभिकर्तालाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो।

इटहरीस्थित पाथिभरा होटलमा भएको अभिकर्ता भेलामा इटहरी शाखाबाट व्यक्तिगत तर्फ प्रथम दोश्रो र तेश्रो हुने अभिकर्ताहरु क्रमश मन्दिरा कार्की, जसमाया लिम्बू र तुलसी थापा सम्मानित भएका छन्। त्यसैगरी सञ्जाल तर्फ प्रथम हुने सुशन चेली राई, दोश्रो हुने जसमाया लिम्बू र तेश्रो हुने किशन शाहीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। IMG_0567

कम्पनीका केन्द्रिय कार्यालयका बिभागीय प्रमुख विवेक शर्मा र एक नम्बर प्रदेश प्रमुख नरेन्द्र राईले पुरस्कार प्रदान गर्नुभएको हो। कार्यक्रममा पथरी शाखाबाट ब्यक्तिगत र सञ्जालबाट उत्कृष्ट हुने तीन/तीन जनालाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा आर्थिक बर्ष २०७७ को श्रावण देखि मंसिर सम्म उत्कृष्ट हुने अभिकर्ताहरु, मेलिनियम डलर राउण्ड टेबल (एमडिआरटी)मा पर्न सफल मन्दिरा कार्कीलाई पनि सम्मान गरिएको थियो।

त्यसैगरी आ.व.२०७६/ ०७७मा इटहरी शाखाबाट हरेक महिना उत्कृष्ट हुने ५ जना अभिकर्तालाई पनि प्रमाण र उपहारसहित सम्मान गरिएको थियो। पुरस्कार तथा सम्मान कार्यक्रमपछि अभिकर्ताहरुलाई उत्प्रेरणा जगाउन प्रशिक्षण कार्यक्रम गरिएको थियो।

कार्यक्रममा धरान शाखा प्रमुख हरिप्रसाद खतिवडा, बिराटनगर शाखा प्रमुख डम्बर श्रेष्ठ, पथरी शाखा प्रमुख रबिन्द्र लिंग्दम, दमक शाखा प्रमुख सुमन राई, इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठको आतिथ्यता एवं २ सय बढी अभिकर्ताको सहभागिता थियो।