बिराटनगर/ प्रदेश नम्बर १ मा शुक्रबार १९ जना कोरोना संक्रमित थपिएका छन्। मोरङ र सुनसरीमा ५–५जना, झापा र इलाममा ४–४जना र प्रदेश १बाहिरका १ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।

मोरङको बिराटनगरमा ५ जना, सुनसरीको धरानमा २जना, बराहक्षेत्र, बर्जु र इटहरीमा १–१जना, झापाको बिर्तामोडमा २जना, अर्जुनधारा र गौरीगञ्जमा १–१जना, इलामको चुलाचुलीमा ४जना र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म संक्रमितको संख्या २९ हजार ९६६ पुगेको छ । संक्रिय संक्रमित २९७जना छन्।

प्रदेश नम्बर १ मा शुक्रबार ५१ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट ४७जना, नोवेल मेडिकल कलेजबाट ३जना र मेची अस्पतालबाट १जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ६०२ पुगेको छ।

प्रदेश १ मा आज शुक्रबार २३५ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १जना महिला र १८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म २ लाख ११ हजार ३२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।