सुनसरी/ कोरोना संक्रमणका कारण रोकिएको समुदाय प्रहरी साझेदारी कार्यक्रम इटहरीमा पुन शुरु गरिने भएको छ। इलाका प्रहरी कार्यालय इटहरी र इटहरी उपमहानगरपालिकाका १६ वटा वडा संयोजकको भेलाले कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो।

वडा संयोजक भेलाले कोरोनाको संक्रमणलाई ध्यानमा राख्दै वडाहरुमा टोल समिति निर्माणको कामलाई सक्ने, ब्यानर बनाउने र कार्यक्रमहरू बनाएर सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको छ।

समुदाय प्रहरी पालिका समिति इटहरीको आयोजनामा गरिएको कार्यक्रममा अव प्रहरी र जनप्रतिनिधिहरू एक भएर कार्यक्रमलाई प्रभावकारी रूपमा समुदाय माझ पुर्‍याउने सहमति भएको थियो। IMG_8844

पालिका समितिका संयोजक द्वारिकलाल चौधरीको अध्यक्षतामा भएको भेलाले समाजमा बढ्दो महिला हिंसा, साइबर अपराध, ठगी जस्ता घटनाहरू न्यूनीकरण गर्न प्रहरी र जनप्रतिनिधि एक भएर लाग्नु अवको आबश्यकता भएको वडाध्यक्षहरुले जोड दिएका थिए।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) अर्जुन केसीले पनि समुदाय सुरक्षाको लागि तल्लो तहबाट गरिने कार्यक्रमले प्रभावकारिता अझ राम्रो देखाउने बताउनुभयो ।

कार्यक्रममा कोरोना संक्रमणको बीचमा पनि समुदायसँग जोडिएर इटहरी प्रहरीले बिभिन्न कार्यक्रम गरेको समेत प्रनाउ केसीले वडा संयोजकको भेलामा जानकारी गराउनुभएको थियो।