सुनसरी/ अखिल नेपाल महिला संघ इटहरीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। भेलालाई नेकपाका केन्द्रीय सदस्यहरु भगवति चौधरी,लक्ष्मी गौतम, रेवतीरमण भण्डारी र अनेमसंघकी केन्द्रीय सदस्य अमृता सुव्वाले सम्बोधन गर्नुभयो।

अनेमसंघ इटहरीकी अध्यक्ष भीमा सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमका बक्ताहरुले सूर्य चिन्ह नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सँस्थापन पक्ष यानकी प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामै आउने बिश्वास ब्यक्त गरेका छन्। mahila 2

बक्ताहरुले प्रधानमन्त्री ओलीले नृेतत्व गरेको पार्टीनै मूल प्रवाह भएको भन्दै मूल प्रवाहमा संगठित भएर अघि बढ्न आग्रह समेत गरेका छन्। रिजाल्स भिजन पार्टी प्यालेजमा भएको कार्यक्रममा इटहरीका उल्लेख्य महिलाको सहभागिता थियो।