बिराटनगर/ प्रदेश नम्बर १मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन्।

सक्रिय संक्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा, नोबेल मेडिकल कलेजमा ७जना, बिराट मेडिकल कलेजमा ४जना, धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र मेची अस्पतालमा ३–३जना, बिराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ जना उपचार गरिरहेको सामाजिक बिकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलन तथा अनुगमन समितिका संयोजक डा.रविन्द्र निरौलाले बताउनुभयो ।

उहाँले उपचाररत मध्ये ५ जना आईसीयुमा र १४ जना सामान्य बेडमा रहेको जनाउनुभयो। बुधबारसम्म २९ हजार ९२८ जना संक्रमित मध्ये २९ हजार ५६ जना डिस्चार्ज भएका छन्। संक्रमण देखिएका ४६२जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा २१४ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट २०६जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४जना, धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट २जना, बिराट मेडिकल कलेज बुढिगंगा मोरङ्ग र नोवेल मेडिकल कलेज बिराटनगरबाट १–१ जना डिस्चार्ज भएका हुन। आज बुधबार १५ जना संक्रमित थपिएका छन्। मोरंगको बिराटनगरमा ७जना, बेलबारी, जहदा र सुन्दरहरैचामा १–१जना, धनकुटाको धनकुटा नगरपालिकामा ३ जना र झापाको बिर्तामोड र शिवसताक्षीमा १–१जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म २ लाख १० हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ।