बिराटनगर/ पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४४ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट १४२ र बिराट मेडिकल कलेजबाट २जना डिस्चार्ज भएका हुन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ४३० पुगेको छ। प्रदेश १ मा आज ३७ जना कोरोना संक्रमित थपिएका छन्। झापामा १८, मोरंगमा ९, सुनसरीमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।

झापाको दमकमा १०, मेचीनगर र कन्काईमा २–२, बिर्तामोड, भद्रपुर, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ जना, मोरंगको बिराटनगरमा ८, धनपालथानमा १, सुनसरीको इनरुवामा ३, इटहरीमा २, भोक्राहानरसिंहमा १, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ८१२ पुगेको छ।

प्रदेश १ मा आज ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १३ महिला र २४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म २ लाख ८ हजार ९११ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।