इटहरी/ इटहरीमा हिजोआज प्रहरी सकृयता बढेको यहाँलाई जानकारी नै छ। इटहरी प्रहरीले सकृयता बढाएसँगै ‘दुक्की’ काम गर्नेहरुको ‘निदहराम’ भईरहेको छ।

इटहरी प्रहरीले नियमित गस्तिका अतिरिक्त समय–समयमा अकस्मात गरिने चेकिङ ‘एम्बुस’ चेकिङ पनि गर्ने गरेको छ। यसै शिलशिलामा प्रहरीले गरेको एम्बुस चेकिङको क्रममा केराबारी ५का मानबहादुर लिम्बुलाई पक्राउ गरेको छ।

आज(शुक्रबार) बिहान साढे १२ बजेतिर इटहरी ४ बुढीखोला नजिकै पुर्व जाँदै गरेको को १४ प ९२०२नम्बरको मोटरसाईकलमा सवार लिम्बुलाई २ किलो ७सय ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो।

यसरी समातिए लिम्बु
शुक्रबार बिहान प्रहरीले एम्बुस चेकिङको क्रममा पुर्व जाँदै गरेको को १४ प ९२०२नम्बरको मोटरसाईकलमा दुईजना सवार देख्छ। दुईजना मानिस आईरहेको अवस्थामा प्रहरीलाई देख्ना साथ मोटरसाईकल रोकिन्छ र पछाडी सवार ब्यक्ती भने फरार हुन्छ।

प्रहरीले मोटरसाईकल चालक र मोटरसाईकल नियन्त्रणमा लिई चालकलाई सोधपुछ गनेक्रममा मोरङ जिल्ला केरावारी गाउँपालिका ५बस्ने २४बर्षीय लिम्बुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिएपछि पछाडी झुड्याउने कालो झोला बरामद गरेपछि चेकजाँच गर्ने क्रममा झोला भित्र बोरामा लुकाएको दुई के.जी ७०० ग्राम गाँजा फेला पारेको जनाएको छ।

गाँजा बरामद गरेपछि प्रहरीले मोटरसाईकलसहित लिम्बुलाई पक्राउ गरेर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।