इटहरी/ नेपाली कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेलले देशलाई अस्थिर बनाउने खेलको दोश प्रधानमन्त्री केपि शर्मा ओलीलाई मात्र दिने नहुने बताउनुभएको छ। संसद बिघटन बिरुद्व नेपाली कांग्रेसले गरेको देशब्यापी प्रदर्शनका क्रममा सोमबार इटहरीमा भएको बिरोध सभालाई सम्बोधन गर्दै पौडेलले त्यसो भन्नुभएको हो। ttttt

नगर सभापति पौडेलले देशलाई बिकास गरुन, समृद्व बनाउन भनेर नेपाली जनताले कम्युनिष्टलाई करिव दुईतिहाई बहुमत दिएको भएपनि माधव नेपाल र पुष्पकमल दाहाल मिलेर सत्ता स्वार्थका कारण पार्टीलाई कमजोर बनाएको अनि सरकारलाई असफल बनाउन खेल खेलेका कारण पनि प्रधानमन्त्रीले यस्तो कदम चालेको बताउनुभयो। rrrrr

पौडेलले कांगे्रस ७० बर्षको इतिहाँस बोकेको पार्टी भएको भन्दै लोकतन्त्र रक्षाका लागि नेपाली कांग्रेसले कुनै कसर बाँकी नराख्ने बताउनुभयो। नेपाली कांग्रेस मध्यावधी निर्वाचनको ‘ललिपप’मा अल्मलिन नहुने भन्दै सम्मुर्ण नेपाली दलको झण्डा फ्यालेरै भएपनि लोकतन्त्र रक्षाका लागि सडकमा आउनुपर्ने बेला आएको बताउनुभयो। yyyyy 

कार्यक्रममा नेपाली कांग्रेस एक नम्बर प्रदेश संसदीय दलका नेता राजिव कोईराला, इनरुवा नगर सभापति एवं इनरुवाका मेयर राजन मेहतालगायतले बोलेका थिए।

पौडेलले इटहरीमा गरेको सम्बोधन हेर्न यहाँ क्लिक गर्नुहोस।