इटहरी/ जनता समाजवादी पार्टी सुनसरी जिल्ला समन्वय समितिका कार्यकारीणी सदस्य अनुप सुब्बाले संविधानलाई आफ्नो पेवा ठानेको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिलाई आजदेखि प्रदेश नम्बर १ मा प्रबेश निषेधको घोषणा गरेको बताएका छन्। बिहिबार सुनसरीको इनरुवामा प्रदर्शनपछि भएको कोण सभामा मन्तब्य राख्ने क्रममा सुब्बाले त्यसो भनेका हुन्।

जनता समाजबादी पार्टीको केन्द्रीय निर्देशन अनुसार आँफुहरु १० देखी १२ गते सम्म देशब्यापी आन्दोलनमा रहेको भन्दै सुब्बाले सत्तारुढ दल नेकपा भित्रको आन्तरीक द्वन्द नमिलेपछि प्रधान मन्त्री र राष्ट्रपति मिलेर जनताको सर्बस्व, अधिकार, पहिचान, संघीयता लोकतन्त्र माथी बज्रपात गरेको आरोप लगाएका छन्। pic 1

जनमतको धज्जी उडाउँदै असंवैधानिक र अलोकतान्त्रिक प्रतिगमनकारी कदम चाली देशमा संकटकाल निम्त्याउने पक्षमा प्रधानमन्त्री तल्लिन रहेको आरोप लगाउँदै सुब्बाले आफूलाई देशको सर्बस्व ठान्दै राष्ट्रपतिलाई उत्प्रेरित बनाएर प्रधानमन्त्रीले चालेको कदम र देशलाइ कु गर्ने सम्मको अत्यादेश सिंहदरबारमा मात्र पारित गरि जनतालाई नाङ्गेझार पार्ने रणनीति कदापी मान्य नहुने बताएका छन्। pppp

बिगतमा राणा शासन, पञ्चायती ब्यबस्था, राजतन्त्र पनि आन्दोलन मार्फत ब्यबस्था परिवर्तन गराई, बर्तमान, पहिचानसहितका संघीयता र गणतन्त्र त्यति सजिलै तुहाउनु सम्भव नहुने भन्दै त्यसो हुन नदिने बताएका छन्। rrrr

सुब्बाले प्रधानमन्त्रीको चालवाजी तीन करोड जनताले बुजिसकेको भन्दै प्रधानमन्त्रीलाई नेपालकै असक्षम रहेको आरोप लगाएका छन्।