सुनसरी/ सुनसरीको इटहरी र धरानबाट १२जना बालबालिकासहित १ सय ५जना सहयोगापेक्षी सडक मानवको उद्धार गरिएको छ। प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको अगुवाईमा इटहरी र धरान उपमहानगर तथा मानव सेवा आश्रमको संयोजनमा उहाँहरुको उद्धार गरिएको हो। 22222

धरान र इटहरी उपमहानगरका सडकमा बस्ने १सय ५ जना ब्यक्तिहरुको उद्धार गरिएको हो। उहाँहरुलाई इटहरीको शुभारम्भ पार्टी प्यालेसमा ल्याएर कपाल, नङ्ग काटदिनुका साथै नुहाएर नयाँ कपडा प्रदान गरियो। पेश्को मेकअप स्टुडियो इटहरीको तर्फबाट निशुल्क कपाल, नङ्ग काटिदिएको स्टुडियो सञ्चालक मनिता तामाङले बताउनुभयो। 33333

१सय ५ जना मध्ये १२ जना बालवालिकालाई भ्वाइस अफ चिल्डे«न इटहरीमा पठाइएको छ। अन्य ९३ जनालाई मानव सेवा आश्रम बिराटनगर लगिएको छ। सामाजिक बिकास राज्य मन्त्री जसमाँया गजमेरको प्रमुख आतिथ्यतामा सहभोज कार्यक्रम समेत गरिएको छ। राज्यमन्त्री गजमेरले प्रदेश १का सडकमा कोहि पनि जनता भोकभोकै बस्नु नपरोस भनेर प्रदेश सरकार उद्धारमा लागेको बताउनुभयो। 444444

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको सहयोगापेक्षी सडक मानव उद्धार पूर्नस्थापना तथा सहभोज कार्यक्रममा धरान उपमहानगरकी उपप्रमुख मन्जु भण्डारीले स्वागत गर्नुभयो। 11111

धरान उपमहानगरका प्रमुख तिलक राई, सामाजिक बिकास मन्त्रालयका सचिव गोविन्द कार्की, सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोखरेल, मानव सेवा आश्रमका सचिव सुमन बर्तोलाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो। 55555

कार्यक्रम इटहरी उपमहानगरको ब्यवस्थापनमा भएको हो। आज उद्धार गरिएका सहयोपेक्षी सडक मानवहरुलाई परामर्श र स्वास्थ्य उपचारपछि आप्mनो घरमा पुर्नस्थापना हुन चाहनेलाई पूर्नस्थापना र आफन्त कोहि पनि नभएका तथा पूर्नस्थापना गराउन नसकिएकाहरुलाई मानवसेवा आश्रममा राखिने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो। 66666