बिराटनगर/ मोरङको बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययन पुरा गरेका बिद्यार्थीलाई विदाई गरिएको छ। एमबीबीएस १० औं व्याचका बिद्यार्थीले कार्यक्रम गरेर एमबीबीएस अध्ययन पुरा गरेका ९ औं व्याचका बिद्यार्थीलाई विदाई गरेका हुन्। IMG_2067

सन् २०१४ मा भर्ना भएर एमबीबीएस अध्ययन पुरा गरेका १ सय ५० जना बिद्यार्थीलाई खादा र मायाँको चिनो प्रदान गरी बिदाई गरिएको हो। सो अवसरमा बोल्दै नोबेल मेडिकल कलेजका शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौला, सिटिईभिटीका कार्यक्रम निर्देशक कमल पराजुलीलगायतले बिदाई भएका बिद्यार्थीलाई उज्वल भविश्यको शुभकामना व्यक्त गरेका छन्। IMG_2349

नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, वीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिनिस्ट, डिफार्मलगायत संकायमा करिव १ हजार ६ सय बिद्यार्थी अध्ययनरत छन्।