केराबारी/ मोरङ्गको केराबारी ८ स्थित हजारबिघा सामुदायीक बन उपभोक्ता समुहको निर्वाचनबाट अध्यक्षमा टिकाराम चापागाँई निर्वाचित हुनुभएको छ। अध्यक्ष र उपाध्यक्षका लागि भएको निर्वाचनमा चापागाँई ३६ मत ल्याएर निर्वाचित हुनुभएको हो।

निर्वाचनमा चापागाँईका प्रतिष्पर्धी रुद्र बहादुर खत्रीले २८ मत ल्याउनुभएको थियो। यस्तै उपाध्यक्षमा देबेन्द्र सुब्बा लिम्बू ५१ मत ल्याउँदै निर्वाचित हुनुभएको छ। सुब्बाका प्रतिष्पर्धी बिर्ख बहादुर श्रेष्ठले १२ मत ल्याउनुभएको छ।

कुल ६५ मतदाता रहेको सामुदायीक बनमा १३ वटा बन समुह रहेको र ति बन समुहबाट ५ / ५ जना प्रतिनिधी रहने ब्यवस्था थियो। जसमा ६४ मत खसेको थियो भने उपाध्यक्षमा भने ६३ मत मात्र खसेको थियो।

केराबारी ८ मा नेपाली कांग्रेस र नेकपाले प्रतिष्ठाको लडाँई बनाएको सो निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष नै नेकपा समर्थित निर्वाचित भएका छन्। प्राय आय र व्यय बराबरी देखिने हजारबिघा सामुदायीक बनमा उपभोक्ताहरुले नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष लगायतको टिमबाट आर्थिक पारदर्शिताका साथै अन्य प्राप्त गर्नुपर्ने सुविधाहरुको पनि अपेक्षा गरेका छन।

२३ सदस्यिय समितिको सचिवमा चञ्चला बस्नेत(कार्की), सहसचिवमा डम्बर बस्नेत र कोषाध्यक्षमा गिता काप्री मनोनित भएका छन्। यसैगी सदस्यहरुमा दुर्गा बहादुर श्रेष्ठ, दलबहादुर बस्नेत, शिवराज भण्डारी, तारा भट्टराई, रुद्र बहादुर बजगाँई, हरिबाबु ढकाल, अर्जुन खड्का, भवानी लिम्बु, तारा लुईँटेल, अर्जुन लिम्बु, टंक आचार्य, चन्द्र बहादुर राई र केदार श्रेष्ठ मनोनित भएका छन्।

यस्तै थप पाँचजनालाई भने अव बस्ने कार्यसमितिबाट मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष टिकाराम चापागाँईले पूर्वी खबरलाई बताउनुभयो। चापागाँईले अव मनोनयन गरिने सदस्यहरु दलित, महिला आदिबासी जनजाति लगायतको प्रतिनिधित्व हुने गरी गरिने बताउनुभएको छ।