केराबारी/ मदन भण्डारी राजमार्ग अन्तरगतको केराबारी खण्डमा पर्ने खदम खोलामा पुल निर्माणको काम शुरु भएको छ। खदम खोलामा निर्माण हुने पक्कि पुल बनाउने कामदार, कर्मचारी बस्ने आवास गृह निर्माणको काम शुरु भएसँगै पुलको काम अघि बढेको हो।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्गमा बन्ने खदम खोलाको पुल बन्ने सुनिश्चित भएसँगै स्थानीयबासी उत्साहित भएका छन्। स्थानीयले गाउँपालिकाको केन्द्रसँग डाँगी, मुगु, याङ्गशिला जोडिने भन्दै खुसी ब्यक्त गरेका छन्। यस क्षेत्रमा सडक र खदम खोलामा पुल ल्याउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै स्थानीयले मोरङ्ग क्षेत्र नम्बर १का सांसद घनश्याम खतिवडा प्रति कृतज्ञता अर्पण गरेका छन्।

map
पुलको नक्सा

लामो समयसम्म खदम खोलाको पुल कहाँ बन्ने निक्र्यौल हुन नसकिरहेको बेला पुलको काम अघि बढेको हो। स्थानीय क्रसर ब्यवसायीहरुको अगुवाईमा पुललाई उत्तर तर्फ सार्न भरमग्दुर प्रयास गरेपनि अन्ततोगत्वा पुल स्थानीयले चाहेकै स्थानमा बन्ने भएको छ।

ब्यवसायीहरुको अगुवाईमा पुल केराबारी बजारको सिधा बनिँदा केराबारी बजार तहस नहस हुने बहानामा पुल खोलाको उत्तर तर्फ धकेल्न सक्दो प्रयास गरेका थिए। उनिहरुले संघीय राजधानी काठमाण्डौसम्म पुगेर पुललाई चुरेक्षेत्र तर्फ सार्न दवाब श्रृजना गरेका थिए।

pasim patti
केराबारी ७ तर्फको पुल रहने स्थान (पुलको पूर्व तर्फको अपुटमेन्टबाट)

कस्तो बन्दैछ खदम खोलामा पुल ?
खदम खोलाको पश्चिम पट्टि बगाने गौँडा उत्तर, भूपति गौँडा(राजेश गौँडा) दक्षिणको भागमा बन्ने पुल ४सय मिटर लम्बाईको हुनेछ। दुईटा अपुटमेन्ट सातवटा पिअरसहित गाडी गुड्ने भाग साढे सात मिटर हने पुलमा डेढ मिटर फुटपाथ(मानिस हिड्ने भाग) रहने शर्मा एण्ड कम्पनी प्रा.लि.का पूर्वाञ्चल म्यानेजर गुरु प्रसाद ढुंगानाले पूर्वीखबरलाई जानकारी दिनुभयो।

purba patti
केराबारी १० तर्फको पुल रहने स्थानको (पुलको पूर्व तर्फको अपुटमेन्टबाट)

हाल पानी बग्ने ठाउँ( खोला सतह) बाट करिव १० मिटर उचाईमा रहने पुलको वारीपारी १२सय मिटर सडक बन्ने र पुलको पुर्वपट्टिको भाग देउराली चोक र माथिल्लो पिपल बीचमा रहने जनाईएको छ। पुलको शर्मा एण्ड कम्पनी प्रा.लि. काठमाण्डौले भ्याटसहित ६४ करोडको लागतमा निर्माण सम्पन्न गर्ने जनाएको छ।

toli
ईन्जिनियरसहितको टोली