इटहरी/ नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको बन्धन सिमेन्ट अब पीपीसीमा पनि उत्पादन गरि बिक्री वितरण सुरु गरेको छ। ओपीसी र पिएससीमा उत्पादन हुँदै आएको बन्धन सिमेन्ट पीपीसीमा पनि उत्पादन गर्न थालेको कम्पनीले जनाएको छ।

पूर्वी नेपाललाई आफ्नो विशेष पकड क्षेत्र बनाएर सिमेन्ट उत्पादन गर्दै आएको नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले ओपीसी र पिएससी जस्तै पीपीसी सिमेन्टमा पनि गुणस्तरमा कुनै सम्झौता नगरिएको बताएको छ। बढ्दो गुणस्तर सिमेन्टको मागलाई मध्यनजर गर्दै आफूहरूले गुणस्तरीयतामा विशेष ध्यान दिएर सिमेन्ट उत्पादनमा जोड दिएको कम्पनीका अध्यक्ष मनिष कुमार मारुले जानकारी दिए।

बन्धन ब्रान्डको ओपीसी र पीएससी सिमेन्टले ग्राहकहरूको मन जितेको र ग्राहकहरूबाटै बन्धन पीपीसी सिमेन्टको खोजी हुन थाले पछि आफूहरूले ग्राहकाको मागलाई मध्यनजर गरेर बन्धन पीपीसी सिमेन्ट उत्पादन सुरु गरेको मारुले बताए।

मारुले विश्व बजारमा १५ भन्दा बढी प्रकारका सिमेन्टहरूको प्रयोग भएको बताए। उनका अनुसार नेपालमा भने मुख्य तीन प्रकारका सिमेन्ट मात्र प्रयोगमा आएको र आफूहरूले बन्धन ब्रान्डमा तीनै प्रकारको सिमेन्ट उत्पादन गरिरहेको जानकारी दिए। नेपालमा सबैभन्दा बढी प्रयोग हुने सिमेन्ट ओपीसी र पीपीसी हो भने पछिल्लो समय पीएससी सिमेन्टको माग पनि उच्च रहेको मारुले बताए।