इटहरी/ नेपालकै पहिलो बदाम ड्रिंक उद्योग इटहरीस्थित रिलायबल फुड एण्ड बेभरेजले थप दुई ब्राण्ड सार्वजनिक गरेको छ। रिलायबल चक्र र किमु ब्रान्डको बदाम ड्रिङ्क उत्पादन गरिरहेको उद्योगले आर एफबी र माउन्ट फ्रेस नामक ब्राण्ड सार्वजनिक गरेको हो।

दुवै बदाम ड्रिंकको फरक स्वाद ग्राहकहरुले चाख्न पाउने कम्पनिका अध्यक्ष अशोक साहले जानकारी दिनुभयो। नेपालमा एनर्जी ड्रिंकको मागलाई पूर्ति गर्ने उद्देश्यका साथ स्वदेशमै उद्योग स्थापना गरिएको साहले जानकारी दिनुभयो।

गाईको दूध र बदामको पौष्टिक गुणलाई ड्रिंकमार्फत् उपभोक्ताले प्रयोग गर्न सक्ने साहको भनाई छ। बिरामीहरुले यो ड्रिंक पिउँदा रोग प्रतिरोधी क्षमता विकास हुने र शरीरमा तागत प्रदान गर्ने उहाँको भनाई छ।

कम्पनीले ‘स्वदेशी उत्पादन, किसानको शान, शुद्ध गाईको दूध, गुणस्तरीय बदाम’ लाई मुख्य स्लोगन बनाएर नेपाल भरी आफ्नो उत्पादन बिक्री वितरण गरिरहेको छ। पछिल्लो समयमा राम्रो माग आएको बताउँदै बजार बिस्तार उत्साहजनक रहेको कम्पनिले जानकारी दिएको छ।