इटहरी/ बन्धन ब्रान्डको गुणस्तरीय सिमेन्ट पूर्वी नेपालको ठुलो सिमेन्ट उद्योग नेपाल अल्ट्राटेक सिमेन्ट प्रा लि.ले उत्पादन गर्दै आएको छ। बन्धन सिमेन्ट जर्मन टेक्नोलोजीले बनेको पूर्वी नेपालकै सबैभन्दा ठूलो ग्राइन्डिङ युनिट क्षमता भएको सिमेन्ट उद्योग हो।

जर्मन टेक्नोलोजीले बनेको सो युनिटले १६०० टनसम्म उत्पादनको क्षमता राख्ने कम्पनीका अध्यक्ष मनिष कुमार मारुले जानकारी दिए।‘यो पूर्वी नेपालमै सबैभन्दा ठुलो क्षमताको ग्राइन्डिङ युनिट हो,’ उनले भने, ‘हामी गुणस्तरीय सिमेन्ट ठुलो परिमाणमा उत्पादन गर्ने क्षमता राख्छौँ ।’

नेपाल सरकारबाट नेपाल गुणस्तर प्रमाण चिन्ह पाएको बन्धन सिमेन्ट नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको छ। उच्चतम गुणस्तर, उच्च प्रविधि, सर्वाधिक मजबुती, वातावरण मैत्री, उचित मूल्य नै बन्धन सिमेन्टको मुख्य विशेषता रहेको मारुले जानकारी दिए।

उद्योगले अत्याधुनिक जर्मन टेक्नोलोजीबाट उच्च स्तरीय बन्धन ब्रान्डको ओपिसी, पियससी र पिपिसी गरी तीन किसिमको सिमेन्ट उत्पादन गर्दै आएको छ।