सुनसरी/ इटहरी उपमहानगरपालिकाले वडा नम्वर २स्थित तामाङ्ग चौकको एकै घरका चारजना छोराछोरी अपांङ्गता भएको परिवारलाई यस बर्ष पनि एकलाख रुपैँया प्रदान गरेको छ। इटहरी २ स्थित लक्ष्मण तामाडको घरमै आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले एक लाख रुपैँयाको चेक हस्तान्तरण गर्नुभयो।

तामाङ्ग परिवारका १५ देखि ३० बर्ष सम्मका दुई छोरा र दुईछोरी कोहि पनि आँखा देख्न सक्दैनन। कान्छोछोरो वाहेक कोहि पनि बोल्न समेत सक्दैनन। उठेर हिडन त परै जाओस,बस्न पनि सक्दैनन। ओल्टाइपल्टाइ गर्नुपर्छ। अलि अलि मात्र आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि बिस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ। गत बर्ष पनि चारजना अपांङ्गता भएका छोराछोरीको भरणपोषणका लागि प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले उपमहानगरको तर्फवाट एकलाख रुपैँयाको चेक घरैमा गएर प्रदान गर्नुभएको थियो। paisa2

यसअघि गत बर्षनै उपप्रमुख गौतमले लक्ष्मण तामाङकी जेठी छोरी अस्मिता, जेठो छोरा सरोज, कान्छी छोरी सुस्मिता र कान्छो छोरा संदीपलाई पूर्ण अपांङ्गता भएको रातोकार्ड घरमै पुगेर बितरण गर्नुभएको थियो। रातोकार्ड प्राप्त गरेपनि उनीहरुले मासिक प्रतिब्यक्ति तीनहजार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन्। pic

इटहरी सरकारले घरमै आएर निरन्तर सहयोग गरेकोमा उनीहरुका बुवा लक्ष्मण तामाङ्ग खुशी ब्यक्त गर्नुहुन्छ। उहाँले घर आँगनमै सरकार आएको महशुष भएको बताउनुभयो। लक्ष्मण तामागका अनुसार जेठी छोरी अस्मिता सात बर्षसम्म सबै ठीक थिइन। त्यसपछि बिस्तारै आँखा देख्न छाडिन, एक बर्षमा पुरै आँखा नदेख्ने भयो, त्यसपछि ढल्ने बेहोस हुने समस्या भयो, केहि समय पछि केहि थाहा नपाउने भएर ओछयानको ओछयान भइन। अरु दुईजनालाई पनि ठयाक्कै त्यस्तै भयो। कान्छोछोराले पनि आँखा देख्न सक्दैनन हिडडुल गर्न भने सक्छन्।

यसैबिच लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा इटहरी उपमहानगरद्धारा माया घर इटहरीमा रहेका ४७ जनालाई न्यायो कपडा वितरण गरिएको छ। उपप्रमुख गौतमले मायाँ घर इटहरीमा आश्रय लिएका ब्यक्तिहरुलाई न्यायो कपडा बितरण गर्नुभएको हो। nyano