सुनसरी/ पाँच दिनदेखि बेपत्ता सुनसरीको दुहबी नगरपालिका ३ भीरगाउँका १७ बर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ। चौधरीको शव घरदेखि करिब पाँच सय मिटर उत्तर अरुण बनस्पति उद्योगको परिसरको खाली जग्गामा भेटिएको हो।

नेपाल टेलिकम क्षेत्रीय कार्यालय बिराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीका छोरा सुजन यही मंसिर १० गते साथीको घर जान्छु भनेर हिँडेका थिए। साँझसम्म घर नआएको र आफन्तकहाँ पनि नभेटिएपछि खोजतलासी गरिदिन परिवारले इलाका प्रहरी कार्यालय दुहबीमा मंसिर ११ गते जाहेरी दिइएको थियो।

उनी हराएको प्रहरीलाई जानकारी गराइएको चार दिनपछि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। इटहरीस्थित गोदावरी कलेजमा अध्यनरत उनको अपहरणपछि हत्या गरिएको हुनसक्ने सुनसरी प्रहरीले जनाएको छ।

jha
पक्राउ परेका सुमन झा

घटनामा संलग्न रहेको आशंकामा दुहबी २ का २१बर्षीय सुमन झालाई प्रहरीले पक्राउ गरेको छ।