सुनसरी/ इलाका प्रहरी कार्यालय इटहरीले गुण्डागर्दीमा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको छ। मंसिर १२ गते राती ९ बजेतिर इटहरी ११ सिमबनामा एक ब्यक्तिलाई कुटपिट गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले इटहरी १०का २६बर्षीय यस भन्ने अजय चौधरी, सोहि ठाउँका २०बर्षीय नेता भन्ने सुरज चौधरी र १९बर्षीय बिरे भन्ने निराजन चौधरीलाई नियन्त्रणमा लिएको हो।

यस्तो थियो घटना बिवरण
मंसिर १२ गते राती ९ बजेतिर इटहरी ११ सिमरवना टोलमा स्थानीय ३६बर्षीय अन्तराम चौधरीले घर नजिकैको पसलमा चुरोट किनेर घरतर्फ फर्कन लाग्दा पक्राउ परेका चौधरी त्रयले अन्तरामसँग चुरोट मागेका थिए। अन्तरामले किनेको चुरोट नदिएको निहुँमा चौधरी त्रयले संवेदनशिल अंग टाउको निधार एवं शरिरको बिभिन्न भागमा निर्घात कुटपिट गरी शक्त घाईते बनाएर भागेका थिए।

अन्तरामलाई कुटपिट गरेर भागेका चौधरी त्रयलाई प्रहरीले शनिबार दिउसो २ बजे इटहरी १० बाट पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई प्रारम्भिक अनुसन्धान पश्चात ज्यान मार्ने उद्योग मुद्धामा आईतबार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको इटहरी प्रहरीले जनाएको छ।